कैदी मृतकको घटनाबारे छानबिन गर्न समिति गठन

लेटाङ। लेटाङ नगरपालिका–४ का ४० वर्षीय केशरबहादुर भुजेलको उपचारका क्रममा कोशी अस्पतालमा मङ्सिर २१ गते मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

कैदीको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले शव बुझ्न नमानेपछि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहको संयोजकत्वमा गठित समितिको सदस्यहरूमा कोशी अस्पतालका डा.मनोज ठाकुर,जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक हेमराज ओली,लेटाङ नगरपालिका ४ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ छन् ।

घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाउन छानबिन समितिलाई १५ दिनको म्याद तोकिएको छ । बलात्कार मुद्दामा कात्तिक ६ गते गिरफ्तारीमा परेका भुजेललाई जिल्ला अदालत मोरङको आदेशमा कात्तिक २१ गते पुर्पक्षका लागि मोरङ कारागारमा राखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?