मोटरसाइकल दुर्घटनामा एउटै परिवारका ३ जनाको मृत्यु

हेटौंडा । मकवानपुरगढी गाउँपालिका–२ धुवाडीपुल नजिक बिहीबार मोटरसाइकल दुर्घटना हुँदा चालकसहित एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरगढी–२ कुर्ले पाखाका भीमबहादुर स्याङ्तान, उनकी पत्नी रुपा र छोरी छन् ।

सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल छेउबाट करिब १२ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

रुपा र उनकी छोरी करिब ७ महिनाकी शिशुको घटनास्थलमा मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते भएका मोटरसाइकल चालक भीमबहादुरलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात् चितवनतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

अदालतमा नयाँ अभ्यास: इजलासभित्रको बहस सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण

रास्वपाद्वारा राजनीतिक सिद्धान्त परिवर्तन, ‘सामाजिक लोकतन्त्र’ अङ्गीकार

spot_img

छुटाउनुभयो कि ?