जिम्बावेलाई नौ विकेटले हराउँदै श्रीलंका विश्वकपमा छनोट

काठमाडौं । बुलाबायोमा रहेको क्विन्स स्पोर्ट्स क्लबमा जिम्बावेलाई पराजित गरेपछि श्रीलंका छनोटबाट विश्वकपमा छानिने पहिलो टोली बनेको छ । आईसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा जिम्बावेलाई नौ विकेटले हराउँदै श्रीलंका विश्वकपमा छनोट भएको हो ।

जिम्बावेले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले ३३ दशमलव एक ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । श्रीलंकाका पथुम निसंकाले अविजित १०१ रन बनाए ।

जिम्बावेका लागि रिचार्ड नगर्भाले १ विकेट लिए । त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावे ३२ दशमलव २ ओभरमा १६५ रनमा अलआउट भयो । जिम्बावेका लागि सन विलियम्सले ५६ रन बनाए । श्रीलंकाका स्पिनर महेष थिक्सेनाले ४ तथा दिलशान मदुशानकाले ३ विकेट लिए ।

पथिसा पाथिरानाले २ तथा दाशुन शनकाले एक विकेट लिए । जितसँगै श्रीलंका ८ अङ्ककासाथ एक खेल अगावै विश्वकपका लागि छनोट भएको छ । पराजित जिम्बावेले विश्वकपमा स्थान बनाउन अन्तिम खेलमा स्कटल्यान्डलाई हराउनु पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?