२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

विद्यार्थीलाई अनुसन्धान संग जोड्दै सार्क एजुकेसन फाउन्डेसन (भिडियोसहित)

कञ्चनपुर , असार १२ : कञ्चनपुरको भीमदत्त ६ स्थित सार्क एजुकेसन फाउन्डेसनले आफनै प्रयोगशालाको निर्माण गरेको छ । विद्यार्थीहरुलाई विज्ञान तथा प्रविधी र व्यवस्थापनको क्षेत्रमा नयाँ चिजहरुको विकास गराउने उद्देश्यका साथ प्रयोगशालाको अवधारणा विकास गरेको सार्कका प्लस टू संयोजक राजेश भण्डारीले बताएका छन ।

मंगलबार एक पत्रकार सम्मेलन गर्दै संयोजक भण्डारीले विद्यार्थीहरुले सिद्धान्ततः किताब मात्र पढ्ने भन्दा पनि त्यसको व्यावहारिक प्रयोग र अनुसन्धान जोड्नका विज्ञान तथा प्रविधी र व्यवस्थापनको प्रयोगशालाको अवधारणा ल्याएको बताएका छन । नयाँ चीजको आविष्कार गर्ने आफ्नो योजना सहित आफू कहा आउने विद्यार्थीलाई स्कुलले सहजता प्रदान गर्न सहयोग गर्नेछ , भण्डारीले भने । विद्यार्थीले पढेको कुरालाई मुख्यतः व्यवहार संग जोड्ने र विद्यार्थीका आइडियाहरुलाई विभिन्न कम्पनी संग बेच्ने योजना रहेको उनको भनाइ छ ।

सार्क एजुकेसनका विद्यार्थीहरुले बनाएको फोहोर फ्याक्ने आधुनिक प्रकृतिको भाँडोको प्रदर्शन गरेको थियो । जसमा सेन्सर मार्फत डस्टबिन छोप्ने विर्खो खुल्ने प्रकृतिको छ ।

विद्यार्थीले बनाएको प्रविधियुक्त फोहोर फ्याक्ने आधुनिक डस्टबिन

उक्त आविष्कार गर्ने कार्यमा फाउन्डेसन भित्र पढ्ने र बाहिर पढ्ने सबै विद्यार्थीहरुको सहभागिता हुन् पाउने सार्क स्कुलले जनाएको छ ।

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?