कञ्चनपुर , ११ असार : कञ्चनपुरमा नेकपाको १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा कञ्चनपुर जिल्ला पार्टीको आयोजनामा आईतबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
प्रशिक्षणमा नेकपा स्कुलिङ विभाग सदस्य तथा पोलिट ब्युरो सदस्य भेषराज सी जिल्लाका अगुवा कार्यकर्तालाई प्रशिक्षित गरेको नेकपाले जनाएको छ ।
अज्ञानतालाई क्रान्तिलाई मद्दत नगर्ने बताउँदै सबै पार्टी कार्यकर्तामा विचार , सिद्धान्त र कार्यदिशामा स्पष्टता हुनुपर्ने नेकपा नेता भेषराज सि ले बताएका छन । कम्युनिस्ट आन्दोलनलाई नेतृत्व गर्न विचार र व्यवहार अनिवार्य सर्त रहेको उनले बताए । प्रशिक्षण कार्यक्रममा प्रमुख अथिति रहेका उनले पार्टीले पछिल्लो समय गठन गरेको समाजवादी मोर्चा देशको भौतिक आबस्यकता रहेको बताएका छन ।
देशमा बढ्दो अमेरिकी हस्तक्षेप रोक्न , विगतका जनयुद्ध , जन आन्दोलन जस्ता परिवर्तनको रक्षा गर्न , प्रतिगामी शक्तिको विरुद्ध संघर्स गर्न , र अहिलेको दलाल संसदीय व्यवस्थाको अन्त्य सहित वैज्ञानिक समाजवाद स्थापनामा देशलाई लैजान माओवादी केन्द्र लगायत अन्य दलहरु संग मोर्चा गठन भएको हो , नेता भेषराजले भने । समाजवदी क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउन समाजवादी मोर्चाको गठन नयाँ अभ्यास समेत रहेको उनको भनाइ छ ।
प्रशिक्षणमा सहभागि अर्का वक्ता नेकपा महाकाली ब्युरो इन्चार्ज समर सी ले पार्टीको विचार र नीतिमा सबैले स्पष्ट हुनुपर्ने कुरामा जोड दिए । पार्टीले लिएको कार्यदिशामा स्पष्टता भएको व्यक्तिले मात्रै पार्टीको लक्ष्यलाई भेटाउन सक्ने उनको जिकिर छ ।
जनतामा राजनीतिक पार्टी प्रति अविश्वास पैदा भएको बेला नेकपाले जनता बाट गुमेको अविश्वासलाई बदल्न जरुरी भएको नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी ले बताए ।जनताका मुद्दालाई स्थापित गर्न व्यतिगत चाहनालाई त्यागेर क्रान्तिमा होमिनुपर्ने उनको भनाइ छ ।
कञ्चनपुर जिल्ला सचिव दिवार सी को अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा प्रमुख अथिति नेकपा पोलिट ब्युरो सदस्य तथा स्कूलिङ विभाग सदस्य भेषराज सी, अथितीहरुमा नेकपा महाकाली ब्युरो इन्चार्ज समर सी, पार्टीकै केन्द्रीय सदस्य विराट सी,उत्पादन विभाग सदस्य परिवर्तन सी, महाकाली ब्युरो कार्यालय सचिव वीरेन्द्र सी, दार्चुला जिल्ला सचिव लोकेश सी लगायत जिल्लाका पार्टी कार्यकर्ता उपस्थित थिए ।














