नेकपा डोटीद्वारा सुदुरपश्चिम प्रदेश सरकारको बजेट सच्याउन माग

धनगढी , असार ०७ : नेपाल कम्युनिस्ट पार्टी डोटीले सुदुरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट जन आबस्यकता भन्दा पनि पहुंच र कार्यकर्ता पाल्ने मनसाय सहित आएको जनाएको छ । बिहीबार नेकपा डोटी जिल्ला इन्चार्ज विमल सी ले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेसबासी सबैले समान कर तिर्ने हुँदा पनि बजेट बिनियोजनमा डोटी जिल्लाका जनतालाई थोरै रकम छुट्याएको उनले बताएका छन् ।

असमान तरिकाले बाँडफाँड भएको आर्थिक वर्ष २०८०/८१ को उक्त बजेट प्रति नेकपा डोटीले खेद प्रकट गरेको छ । विज्ञप्तिमा उल्लेख गर्दै नेकपाले भनेको छ , “ समानताका आधारमा न्यायोचित बजेट बाडफाड गराउन पहल गर्न सम्पुर्ण जनप्रतिनिधि र प्रदेस सभा सदस्य ज्यु हरुलाइ हार्दिक अपिल गर्दछौ । बजेट नसच्याइ जस्ताको त्यस्तै पास भएमा हाम्रो पार्टी जनसंघर्ष गर्न बाध्य हुनेछ ।”

सुदुरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट वास्तविक आबस्यकता भन्दा पनि पावर , पहुच र नातागोताको आधारमा बढी केन्द्रित भएर आएको भन्दै चौतर्फी विरोध पनि भइरहेको छ । अझ सत्ता गठबन्धन मै रहेको दल नेकपा माओवादी केन्द्रले पनि बजेट मनोमानी ढंगले आएको आरोप लगाएको छ । प्रदेश सभा सदस्य नै रहेका माओवादीका कतिपय सांसदले त उक्त बजेटको खुलेरै विरोध गरेका छन् भने कतिपयले सरकार नै छोड्नुपर्ने बताएका छन ।

नेकपाद्धारा जारी विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?