संघीय संसद्अन्तर्गत आज पनि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आज शहरी विकास, खानेपानी, अर्थ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।
विनियोजन विधेयकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूचीमा उल्लेख छ
आज ४ वटा मन्त्रालयको विभिन्न शीर्षकमाथि सांसदहरूले धारणा राख्नेछन्।
सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको थियो।
आज शहरी विकास, खानेपानी, अर्थ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुनेछ ।















