एमाले प्रति सरकार नरम , सांसदहरुको अभिव्यक्ति रेकर्डबाट हट्ने

काठमाडौं । पशुपतिनाथको जलहरीका विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसदमा सम्वोधन गर्ने सहमति भएको छ ।

शनिबार बिहान सिंहदरबारमा बसेको सत्ता पक्ष र प्रमुख विपक्षी दलको बैठकमा जलहरी विवादबारे प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने र माओवादीका सांसदले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने सहमति भएको हो ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद लेखनाथ दाहालले पशुपतीको जलहरीमा तत्कालिन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

बैठकमा तीन दलका शीर्ष नेताबीच जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री ओली यसमा नजोडिने निष्कर्ष निकाल्दै सदन सुचारु गर्ने सहमति गरेको हो ।

यस विषयमा प्रधानमन्त्रीले आजै सम्वोधन गर्ने र संसद सुचारु हुने सहमति भएको एमालेका सचेतक पदम गिरीले जानकारी दिए ।

आगामी दिनमा पनि यस्ता तथ्यहिन आरोपहरु संसदमा नलगाउन प्रधानमन्त्रीले आफ्ना सांसदहरुलाई अनुरोध गर्ने समेत सहमति भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?