काठमाडौ : टीकापुर हत्या काण्डका दोषी ठहर भएका रेसम चौधरी लाई आममाफीको प्रस्ताव राष्ट्रपतिले फिर्ता गरेको छ । राष्ट्रपति कार्यालयले शुक्रबार चौधरीको आम माफीसम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयकाअनुसार कानुन नपुगेको भन्दै राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको हो।
रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरित नहुने गरि कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको सचिवालयले जनाएको छ।
साथै टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ।














