शैक्षिक संस्थाको विरोधबीच सरकारले शैक्षिक नियमावली–२०८३ लागू, कार्यान्वयनबारे बहस

काठमाडौं — शैक्षिक परामर्श संस्था तथा व्यवसायीहरूको विरोधका बीच सरकारले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली–२०८३’ लागू गरेको छ। नियमावली कार्यान्वयनमा आएसँगै यसको प्रभाव, कार्यान्वयनको मोडालिटी र व्यावहारिक पक्षबारे शिक्षा क्षेत्रमा बहस सुरु भएको छ।

नियमावली सार्वजनिक भएपछि शिक्षा पत्रकार समूह र नेपाल शैक्षिक परामर्श संघको संयुक्त आयोजनामा बुधबार काठमाडौंस्थित होटल हार्दिकमा ‘नियमावली–२०८३ ले शैक्षिक परामर्श क्षेत्रलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्छ ?’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य साजिदा सिद्धिकी र रमेश सापकोटा, शिक्षाविद् डा. विद्यानाथ कोइराला, डा. विष्णु कार्की, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी तथा शैक्षिक परामर्श क्षेत्रका विज्ञ र व्यवसायीहरूको सहभागिता थियो।

छलफलका क्रममा वक्ताहरूले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित गर्न नियमन आवश्यक भए पनि कार्यान्वयन विद्यार्थी, अभिभावक र व्यवसायीमैत्री हुनुपर्नेमा जोड दिए। शिक्षाविद् डा. विद्यानाथ कोइरालाले नियम बनाउनु मात्र पर्याप्त नभई त्यसको प्रभावकारी, पारदर्शी र व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताए। डा. विष्णु कार्कीले पनि नियमन आवश्यक भए पनि व्यवसाय सञ्चालनमा अनावश्यक जटिलता सिर्जना हुन नहुने धारणा राखे।

सहभागीहरूले नियमावलीको उद्देश्य सकारात्मक भए पनि केही प्रावधानमा पुनर्विचार र आवश्यक संशोधन गर्दै नियमन र सहजीकरणबीच सन्तुलन कायम गर्न सरकारलाई सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

बालेनको पुलिस होइन’ अभिव्यक्ति: के सरकारी संयन्त्र कसैको निजी संस्था हुन् ?

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्रीहरूसहित २३ जना दोषी ठहर

spot_img

छुटाउनुभयो कि ?