नेपालको अदालती इतिहासमा पहिलोपटक इजलासभित्रको बहस सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण (लाइभ) गर्न सुरु गरिएको छ।
नयाँ प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्माको कार्ययोजनाअनुसार विशेष अदालतमा एमाले उपाध्यक्ष विष्णु पौडेलको म्याद थपको बहस र जनकपुर उच्च अदालतको बहस युट्युबमा लाइभ गरिएको हो।
सर्वोच्च अदालतले यसलाई देशव्यापी र व्यवस्थित बनाउन छिट्टै प्राविधिक अध्ययन समिति गठन गर्ने गर्दैछ जनाइयको छ |














