काठमाडौं, _ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा प्रतिष्ठित उद्याेगी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक छानबिनमा बीमा कम्पनीको पैसा प्रयोग गरेर सेयर बजारमा चलखेल र जालसाजी गरेको देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
धितोपत्र ऐन २०६३ विपरित बजार प्रभावित पारेको आरोपमा गोल्छासँगै विवादित व्यवसायी दीपक भट्ट र सन्दीप चाचानको समेत संलग्नता खुलेको छ। बोर्डका अनुसार, उनीहरूले सस्तोमा सेयर किनेर कृत्रिम मूल्य बढाई बीमा कम्पनीहरूलाई भिडाउने गरेका थिए। यो प्रकरणमा अन्य ठूला व्यापारिक घराना र बिमा कम्पनीहरू समेत अनुसन्धानको घेरामा परेका छन्।














