नेपाल आयल निगमले बजारमा आधा सिलिन्डर (७.१ केजी) मात्रै ग्यास पठाउने गरेको निर्णयप्रति ग्यास बिक्रेता संघ कास्कीले कडा आपत्ति जनाएको छ। संघका अध्यक्ष नारायणदत्त दाहालले शुक्रबार विज्ञप्ति जारी गर्दै यो निर्णय अव्यवहारिक र लागतका हिसाबले चुनौतीपूर्ण रहेको बताएका छन्।
व्यवसायीका अनुसार आधा ग्यास भर्दा पनि ढुवानी र लोड-अनलोड खर्च पूर्ण सिलिन्डरकै बराबर हुने भएकाले उद्योगीलाई घाटा हुन्छ। यसले गर्दा जिल्ला बाहिरका उद्योगले कास्कीमा ग्यास आपूर्ति रोक्न सक्ने र अभाव झन् बढ्ने चेतावनी दिइएको छ। संघले यो निर्णय सच्याई पूर्ण तौलकै सिलिन्डर वितरण गर्न र भण्डारण क्षमता बढाउन सरकारसँग माग गरेको छ।














