२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

आजका मुख्य समाचारहरू

1 काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको समानुपातिक सांसद बन्ने सपना फेरि अधुरो बनेको छ। समानुपातिक बन्दसूचीमा नाम राख्नुपर्ने अडान लिए पनि सोमबार बसेको पार्टी बैठकले उनको माग सम्बोधन गरेन। यससँगै राप्रपाभित्र नेतृत्व चयन र सूची विवाद फेरि सतहमा आएको छ।

2 काठमाडौं । जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकले आन्दोलनमा योजनाबद्ध घुसपैठ भएको दाबी गरेका छन्। छानबिन आयोगमा बयानपछि उनले शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन पूर्वनियोजित प्रयास भएको बताए। घुसपैठकै कारण भदौ २३–२४ मा मृत्यु र घाइते भएको उनको भनाइ छ।

4 काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबिच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचन, राष्ट्रियसभाको भूमिका र गतिविधिबारे छलफल भयो। अध्यक्ष दाहालले राष्ट्रियसभाको अधिवेशन बोलाउन र सुविधा कटौती नगर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।

3 काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका प्रत्यक्ष उम्मेदवारको खर्च सीमा तोकेको छ। क्षेत्रअनुसार न्यूनतम २५ लाखदेखि अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ। समानुपातिकतर्फ दलले प्रति उम्मेदवार २ लाखसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ।

5 काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमतिमा पुगेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा संयुक्त रूपमा अघि बढ्ने सहमति भएको जानकारी जेनजी अभियन्ता सुदन गुरुङले दिएका छन्।

6 काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति पुगेको छ। घिसिङलाई पार्टीको उपसभापति बनाउने निर्णय भएको छ भने १८ जना समानुपातिक उम्मेदवार पनि उनको टिमबाट समावेश हुनेछन्। यसअघि पार्टी सभापति रवि र प्रधानमन्त्री उम्मेदवार बालेनसँग सहमति भइसकेको थियो। सोमबार काठमाडौंमा पुन: छलफलपछि सहमति अन्तिम रूप दिइएको

7 काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कोटेश्वर पेरिसडाडामा १० बुँदे सहमतिसहित एकीकरण भएको छ। अब एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहनेछ र चुनाव चिह्न तारा हुनेछ। सहमतिपत्रमा नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन्। सबै तहका जनप्रतिनिधि नयाँ पार्टीमा समाहित हुनेछन्।

8 काठमाडौँ । निर्वाचन आयोगमा अहिलेसम्म ९ वटा दलले मात्रै समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सूची बुझाउने आज अन्तिम दिन भए पनि धेरै दल आयोगमा नपुगेको आयोगले जनाएको छ। केही दलले निस्सा लिएर सूची बुझाउन बाँकी राखेका छन्।

9 काठमाडौँ । उज्यालो नेपाल पार्टीसँग एकतापछि राष्ट्रिय स्वतन्त्र पार्टीमा तीन उपसभापति रहने भएका छन्। बालेन्द्र शाहको साक्षीमा भएको सम्झौताअनुसार कुलमान घिसिङ उपसभापतिमध्ये पहिलो वरियतामा रहनेछन्। सातबुँदे सहमतिअनुसार रवि लामिछाने सभापति तथा डीपी अर्याल र स्वर्णिम वाग्ले पनि उपसभापति रहने तय भएको छ।

10 गोरखा । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता भएसँगै मुलुक औपचारिक रूपमा निर्वाचनमा प्रवेश गरेको बताएका छन्। स्मार्ट हुलाक शुभारम्भ कार्यक्रममा उनले फागुन २१ मै शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन हुने दाबी गरे। सरकार र सुरक्षा निकाय पूर्ण तयारीमा रहेको उनको भनाइ छ।

11 काठमाडौँ । उज्यालो नेपाल पार्टीसँग एकीकरणपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी अभियानका प्रतिनिधिसँग औपचारिक वार्ताको तयारी गरेको छ। छलफलमा जेनजीका माग, १० बुँदे सहमति र नीति–एजेन्डाबारे सकारात्मक संवाद भएको र सोमबार औपचारिक वार्ता गर्ने सहमति भएको रास्वपाले जनाएको छ

12 काठमाडौँ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार पुस २४ गतेभित्र सिफारिस गर्न निर्देशन दिएको छ। सचिव डा. राजन भट्टराईका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित कम्तीमा तीन जनाको नाम पठाउन भनिएको छ।

13 काठमाडौँ । दलहरूबीचको एकता, ध्रुवीकरण र ढिलासुस्तीका कारण समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने कार्य प्रभावित भएको छ। तोकिएको समयसम्म प्रमुख दल आयोग नपुग्दा कर्मचारीहरू रातभर काम गर्न बाध्य भए। रास्वपा–कुलमान एकतापछि सूची अद्यावधिकको तयारीमा छन् भने हालसम्म ३१ दलले मात्र बन्दसूची दर्ता गराएका छन्।

14 काठमाडौँ । प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख, हैरानी र अभद्र व्यवहार गर्ने १२ जनालाई पक्राउ गरेको छ । गौशाला वृत्तको टोलीले चाबहिल, गौशाला र तिलगङ्गा क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

15 काठमाडौँ — नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची लगभग टुंग्याएको छ । पार्टी कार्यालय सानेपा नजिकै केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको छ । विभिन्न समूहबीच रस्साकस्सीका कारण ढिलाइ भए पनि केहीबेरमै सूची निर्वाचन आयोगमा बुझाइने कांग्रेस प्रचार विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?