२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

वर्गसंघर्षको विश्वविद्यालयमा ३ बर्ष पुस १२ गते विमोचन हुँदै

काठमाडौ । `वर्गसंघर्षको विश्वविद्यालयमा ३ वर्ष´ शीर्षकको जेल डायरी नेकपा (माओवादी)का महासचिव विप्लवद्वारा विमोचन गरिने भएको छ।आगामी १२ गते दिउँसो १२ बजे काठमाडौको अनामनगरस्थित इच्छुक प्रतिष्ठानमा पुस्तकको औपचारिक रूपमा बिमोचन गरिने उक्त पुस्तकका लेखक कृष्णहरि सैँजूले बताउनु भएको हो ।

पुस्तकमा लेखक सैँजू तत्कालीन जनयुद्धको समयमा जेल र हिरासतमा रहँदा भोगेका अनेक भोगाइ, जेलभित्रका विभिन्न जीवन्त कथाहरू र उहाँहरुलाई दिइएका शारीरिक एवम् मानसिक यातना र पीडाबारे सामग्री पस्किएको छ।

जेल डायरी र संस्मरण गरी दुई खण्डमा बिभाजित पुस्तकमा क्रान्तिकारी आन्दोलनसङ्ग सम्बन्धित बैचारिक र राजनीतिक बिषयका साथै पार्टीभित्रका तितामिठा अनुभवहरु समेत समेटिएका छन।लेखक नेकपा( माओवादी) केन्द्रीय सदस्य एवम् भक्तपुर जिल्ला इन्चार्ज हुन् ।

३७८ पृष्ठ रहेको पुस्तकको मूल्य रु ७५० रहेको छ भने पुस्तक जनप्रचार तथा प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो।

विमोचन कार्यक्रममा महासचिव विप्लवसहित रबिन्द्र श्रेष्ठ,लेखनाथ न्यौपाने, इन्द्र अधिकारी र जगदिश चन्द्र भण्डारीले बिमोचन सहित परिचर्चा गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?