सुन तोलामै साढे ११ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ठुलो मात्रामा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँ पुगेको छ । तिहारअघि कात्तिक ३ गते सुनको मूल्य २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि कात्तिक ४ गतेदेखि सुनको मूल्य करिब ५ प्रतिशतले घटेको थियो । असोज ३ गते प्रतिऔंस ४३५८ अमेरिकी डलरमा पुगेको सुन अहिले ४१११ डलरमा कारोबार भइरहेको छ । नेपालमा तिहारका कारण सार्वजनिक बिदा परेकाले मूल्य समायोजन गर्न ढिलाइ भएको महासंघले जनाएको छ । असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ प्रतितोला पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?