२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

१० प्रतिशत सेवाशुल्क कानुनी बनाउन श्रमिक हस्ताक्षर अभियान शुरु

काठमाडौँ । अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघले १० प्रतिशत सेवाशुल्क कानुनी बनाउन दबाब स्वरूप देशव्यापी श्रमिक हस्ताक्षर अभियान सुरु गरेको छ।

सोल्टी होटलमा आयोजित कार्यक्रम पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा माओवादी उपमहासचिव शक्ति बस्नेतसहित राष्ट्रियसभा र प्रतिनिधिसभाका २५ भन्दा बढी सांसदहरूको उपस्थिति रहेको थियो। उपस्थित सांसदहरूले हस्ताक्षर गरेर अभियानप्रति समर्थन व्यक्त गरेका छन्।

संघका अनुसार भदौ २२ गतेसम्म सातै प्रदेशका मुख्य शहर र ठूला प्रतिष्ठानमा हस्ताक्षर संकलन गरी नेपाल सरकारलाई बुझाइनेछ। होटल, रिसोर्ट, रेष्टुराँ, फास्टफुड, क्यासिनो, रात्रिकालीन मनोरञ्जन, केबलकार, बञ्जिजम्प, फ्लाइट क्याटरिङ र पार्टी प्यालेससहितका आतिथ्य क्षेत्रमा कार्यरत श्रमिकलाई सेवाशुल्क सुनिश्चित गर्न यो अभियान सञ्चालन गरिएको हो।

यद्यपि सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमार्फत १० प्रतिशत सेवाशुल्क कानुनीरूपमा लागू गर्ने घोषणा भए पनि हालसम्म कुनै ठोस पहल नभएको भन्दै श्रमिक संगठनहरूले असन्तोष जनाएका छन्। संकलित हस्ताक्षर संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (JTUCC) मार्फत नेपाल सरकारलाई बुझाइने मजदुर संघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?