हनुमन्ते खोलामा नेपाली सेनाका हवल्दारको शव भेटियो, रहस्यमा छ मृत्युको कारण

🔴 भक्तपुर हल्लाइदिने घटना:

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित हनुमन्ते खोला आज दिउँसो एकदमै डरलाग्दो दृश्यको साक्षी बन्यो। दिउँसो करिब १:३० बजे खोला किनारमै नेपाली सेनाको ट्याक्सुटमा एक पुरुषको शव फेला परेपछि स्थानीय र सुरक्षाकर्मीहरू स्तब्ध बने।

परिचयपत्रका आधारमा मृतकको पहिचान दिपक कुमार खड्का (उमेर करिब ४० वर्ष) को रूपमा खुलेको छ। उनी नेपाली सेना, जगदल गण, छाउनीमा हवल्दार पदमा कार्यरत थिए। शव फेला परेपछि करिब ३ बजे पोस्टमार्टमका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीका अनुसार, मृतक रामेछाप स्थायी घर भएका भए पनि हाल चाँगुनारायण–३, झौखेलमा बस्दै आएका थिए। शव फेला परेको अवस्थामा कुनै प्रत्यक्ष घाउ–चोटको जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधव बुढाथोकीले घटना अत्यन्तै शंकास्पद देखिएको र सबै कोणबाट अनुसन्धान भैरहेको बताए। हनुमन्ते खोला वरिपरि आज साँझसम्म ठूलो संख्यामा प्रहरी परिचालन गरिँदै छ।

यो घटना नेपाली सेनाको प्रतिष्ठा र सुरक्षा संवेदनशीलतालाई समेत छोएको भन्दै स्थानीयबासीमा त्रास र प्रश्न दुवै बढेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?