काठमाडौं महानगरपालिकाले पूर्वराजा शाहलाई तोक्यो ७ लाख ९३ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। शुक्रबार तीनकुने क्षेत्रमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड, फोहोर र आगजनीका कारण यो निर्णय गरिएको हो।

महानगरपालिकाले निम्नानुसार विभिन्न शीर्षकमा जरिवाना तोकेको छ:

# सिनामंगल, कोटेश्वर, बालकुमारी, जडिबुटी, तीनकुने र महादेवस्थान क्षेत्रमा फोहोर गरेबापत प्रत्येक स्थानका लागि १ लाख रुपैयाँ, जम्मा ६ लाख रुपैयाँ।​

# दमकल तथा अग्नि नियन्त्रकहरूलाई ढुंगामुढा गरी दमकल फुटाएबापत १ लाख ३० हजार रुपैयाँ।​

# तीनकुने क्षेत्रमा रुख, बिरुवा र रेलिङ तोडफोड गरेबापत ४० हजार रुपैयाँ।​

# तीनकुने ट्राफिक आइल्यान्ड तोडफोड गरेबापत २३ हजार रुपैयाँ।​

# यसरी कुल ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकिएको हो।

महानगरपालिकाका प्रेस संयोजक सुरेन्द्र बजगाईंका अनुसार, पूर्वराजा शाहकै निर्देशनमा उक्त प्रदर्शन भएको भन्दै निर्मल निवासलाई नै पत्र काटिएको हो। यसअघि समाजवादी मोर्चाले कार्यक्रमपछि आफैं सफा गर्ने प्रतिबद्धता जनाएको र सफाइ गरेको हुँदा उनीहरूलाई जरिवाना गरिएको छैन।

शुक्रबारको प्रदर्शनमा तीनकुने र कोटेश्वर क्षेत्रका सडकमा तोडफोड र आगजनी भएको थियो। प्रदर्शनकारीहरूले महानगरपालिकाका विभिन्न संरचना, दमकल तथा अग्नि नियन्त्रकहरूमा आक्रमण गरेका थिए ।

महानगरपालिकाले शनिबार बिहान शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएर क्षतिको विवरण संकलन गरेको थियो। उक्त विवरणका आधारमा पूर्वराजा शाहलाई जरिवाना तिराउने निर्णय गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?