एमसीसी यथास्थितिमा लागु नगर्न नेकपाको अनुरोध

११ चैत्र, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपालमा ९० दिनका लागि स्थगत गरिएको एमसीसी फेरी निरन्तरता दिने भनि प्रकाशित समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपाका स्थायी समिति सदस्य तथा एमसीसी सरोकार समितिका संयोजक भरत सीले सोमवार एक प्रेश विज्ञप्ति प्रकाशित गर्दै पछिल्लो समय एमसीसीलाई निरन्तरता दिने भनि नेपाली समाचारपत्रहरुमा प्रकाशित समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो । नेकपाले यथास्थितिमा एमसीसी लागु नगर्न र नयाँ राष्ट्रिय सहमति कायम गरि नेपालको संविधान कानुन मातहत रहने सुनिश्चित गरेर मात्रै अघि बढन नेपाल सरकार र सम्वन्धित पक्षसंग अनुरोध गरेको छ ।

सरोकार समितिको विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी सम्बन्धमा अमेरिकी राष्ट्रपति श्रीमान् डोनाल्ड ट्रम र उनको सरकारको ९० दिनको लागि स्थगन गर्ने निर्णय स्वागतयोग्य थियो । तर पछिल्लो समय त्यसलाई निरन्तरता दिने भनी नेपाली समाचारपत्रहरुमा प्रकाशित समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हामी यथास्थितिमा एमसीसी लागु नगर्न र नयाँ राष्ट्रिय सहमति कायम गरि नेपालको संविधान–कानुन मातहत रहने सुनिश्चितता गरेर मात्रै अघि बढ्न नेपाल सरकार र सम्बन्धित पक्षसंग हार्दिक अनुरोध गर्दछौं ।’

नेकपाले एमसीसी सरोकार समितिको तर्फबाट एमसीसी रोक्न अमेरिकी राष्ट्रपतिलाई समेत पत्राचार गरिने पनि विज्ञप्तिमा उल्लेख गरेको छ । नेकपाले नयाँ राष्ट्रिय सहमति कायम गरि नेपालको संविधान–कानुन मातहत रहने सुनिश्चितता गरेर अघि नबढे अन्यथा नयाँ स्तरको जनआन्दोलनद्वारा एमसीसी र त्यस्का पक्षधरहरु बढार्ने चेतावनी दिएको छ ।

विज्ञप्तिको पूर्णपाठ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?