संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउने तीन दलको निर्णय

काठमाडौं – संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा रिक्त पदाधिकारी नाम सिफारिस गर्न पुन: सिफारिस समिति गठन गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको प्रमुख तीन दलको शीर्ष नेतृत्वको छलफलले संक्रमणकालीन न्यायसम्बन्धीतका आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन सहमती जुटाएको हो ।

यसअघि पनि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित यस्तै समिति गठन गरिएको भएपनि कुनै पनि पदाधिकारीहरूको नाम सिफारिस गर्न सकेको थिएन । मिश्रको समितिले निवेदन माग गरेपनि छनोट गर्न नसकि समितिको म्याद सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?