विद्यालय स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता शुरु 

सन्दिप घिमिरे

काठमाडौं । किर्तिपुर स्थित पुष्पसदन आवासीय माध्यमिक विद्यालयद्वारा आयोजना गरिएको खुल्ला विद्यालय स्तरीय यु ११, यु १३ र यु १५ छात्र छात्रा बुद्धिचाल प्रतियोगिताको पहिलो दिन दुई चरणका खेल सम्पन्न भएका छन्। 
        

प्रतियोगितामा नेपालका २३६ जना तथा भारतका ११ जना खेलाडीले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरिरहेको छ। तिन दिन सम्म चल्ने स्पर्धा ३० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्ट सेमि क्लासिकल विधा अन्तर्गत फरक उमेर समूहका विजेता खेलाडीले ट्रफि, गोल्ड, शिल्भर, ब्रञ्ज मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन्। उत्कृष्ट १० स्थान ओगट्ने खेलाडीले पनि मेडल हात पार्ने छन्। 
      
हिजो सम्पन्न दुई चरणको खेल नतिजा अनुसार यु १५ छात्र तर्फ हिल टाउन सेकेण्डरी स्कूलका रसिल महर्जन २ अंक जोडेर पहिलो स्थानमा उभिएका छन्। 
      

समान २ अंक बनाउदै अन्नपूर्ण सेकेण्डरी स्कूलका आयुष बोहरा, भारत सिक्किम चेस एशोशियशनका अभनिष प्रधान, त्रियोग हाई स्कूलका सक्रिट कुईकेल, आयोजक पुष्पसदन स्कूलका सागर सुप्रभ श्रेष्ठ, बज्र एकेडेमीका विभव जोशीले संयुक्त अग्रस्थान हासिल गरेका छन्। 
    

यस्तै पेभेलियन चेस एकेडेमीका स्पर्श सारावगी, हिमालयन चेस एकेडेमीका रिनछेन डोम्जोन, आशिर्वाद थापा, त्रियोग स्कूलका सईस घिमिरे र ललितपुर चेस एकेडेमीका शहर्ष श्रेष्ठले अग्रता कायम गर्न सफल भएका छन्। 
         

यसैगरी यु १५ छात्रा तर्फ आयोजक पुष्पसदन वोर्डिङ स्कूलका सबनम रिजाल २ अंकका साथ अगाडि रहेकी छिन्। उनीसँगै त्रियोग स्कूलका कृपा बेलबासे, सिक्किमका डेसियल ओङ्गमु भुटिया र हिमालयन चेसका प्रज्ञा पन्त समान अंक जोडेर संयुक्त अग्रस्थानमा रहन सफल बनेकी छिन्।
  

प्रतियोगितामा यु १३ समूह छात्र तर्फ ज्ञानोदय बालबाटिकाका प्रविर केसि, सिक्किमका निरव ढकाल लगायत १४ जना खेलाडीले संयुक्त अग्रता हासिल गरेका छन्  
   

यता यु १३ छात्रा विधामासिक्किमका मानश्वी आचार्यले २ अंक जोडेर अगाडि रहेकी छिन् भने मनकामना सेकेण्डरी स्कूलका प्रिसिअस अधिकारी, पेभेलियन चेस एकेडेमीका नेलिसा ओझा, बिएन एकेडेमीका बिविषा तामाङ्ग र त्रियोग हाई स्कूलका नोएल थापाले संयुक्त अग्रता लिएका छन्। 
        

अर्को तर्फ यु ११ छात्र विधामा ग्रिनल्याण्ड स्कूलका सुलभ पन्थिले २ अंक जोडेर पहिलो स्थानमा उभिएका छन्। सुलभ संगै अन्य १५ जना खेलाडी समान अंक जोडेर संयुक्त अग्रस्थानमा रहन सफल भएका छन्। 
         

यस्तै छात्रा यु ११ तर्फ सिक्किमका पालक अग्रवाल, हिमालयन चेस एकेडेमीका निहाना श्रेष्ठ, अन्नपूर्ण सेकेण्डरिका ओजस्वी श्रेष्ठ, त्रियोग स्कूलका श्रीयश्री तुलाधर र कस्यप एकेडेमीका प्रशन्ना चौधरीले २ अंकका साथ सुखद शुरु गरे। 
         

यसैबीच पुष्पसदन बिद्यालयका अध्यक्ष महेश श्रेष्ठले उदघाटन समारोहमा युवा विद्यार्थीहरुलाई बौद्धिकता तर्फ उत्प्रेरित गर्ने उदेश्य बोकेर मानसिक क्षमता अभिवृद्धि गर्ने तथा जीवनका हरेक पलमा रणनीतिक बन्न सिकाउने अभियानमा शिक्षा क्षेत्र अग्रसर हुनु अनिवार्य रहेको धारणा पोखेका छन्। 
       

समारोहमा विभिन्न विद्यालयका शिक्षकहरु, बुद्धिचाल महासंघका अग्रज खेलकर्मी एवं राष्ट्रिय अन्तर्राष्ट्रिय निर्णायकहरुको उपस्थित रहेको थियो । भोलि प्रतियोगिताको दोश्रो दिन थप तिन चरणको खेल सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?