सूर्यदर्शन सहकारी ठगी मुद्दामा मुछिएका सबैलाई धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौँ । रवि लामिछाने सहित सूर्यदर्शन सहकारी ठगी मुद्दामा मुछिएका सबैलाई धरौटीमा छोड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले रास्वपाका सभापित रवि लामिछाने, छविलाल जोशी ,लीला पछाईं, रामबहादुर खनाल, आरति गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छोड्न आदेश भएको छ।

लामिछानेको हकमा ६५ लाख, जोशीलाई ८८ लाख ,पछाईसँग ३७ लाख, रामबहादुरसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मीना गुरुङसँग ५ लाख र आरति गुरुङसँग ५ लाख धरौटी माग गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो।

वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दावी गर्दै मुद्दा दायर गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?