सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । चितवनमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मुग्लिङबाट नारायणगढ जाँदै गरेको बाप्र ०६-००१ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बाप्र ०३-००१ ख २८१२नम्बरको बस ठोक्किदा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । नारायणगढ मुग्लिन सडक खण्डको १७ किलो भन्ने स्थानमा आज बिहान ३ बजेतिर माइक्रोबस र बस ठोक्किएका थिए।

माइक्रोमा सवार गोर्खको आरुघाट गाउपालिका १ मान्बुका ४२ वर्षिय राज बहादुर गुरुङको मृत्यु भएको पुष्टि भएको छ भने अन्य दुई पुरुष र एक महिलाको परिचय खुलेको छैन।मृतक सबै माइक्रोबसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बसमा सवार चार जना घाइते भएका छन् । माइक्रो बसमा सवार अन्य दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए। घाइतेहरुको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?