मेगा सहकारी आफ्नै भवनमा

कञ्चनपुर, ३१ भदौँ : कञ्चनपुरको एक सहकारीले आफ्नै भवन निर्माण गरेको छ । मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै भवन निर्माण गरेको हो ।

भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा आफ्नै आधुनिक कार्यालय भवन निर्माण गरेको छ । १० बर्ष अघि मात्रै स्थापना भएको सहकारीले तीनतले भवन निर्माण गरेको छ । मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी प्रमुख शुनिल कुमार सेटीले तीन बर्ष अघि खरिद गरिएको जमिनमा गत बर्ष २२ मंसिर ८० मा शिलान्यास गरिएको भवन ३१ भदौँ ०८१ मा उद्घाटन गरिएको बताए ।
महालक्ष्मी निर्माण सेवाले १ करोड १३ लाख, ८५ हजार बजेटमा उक्त भवन निर्मांण गरेको छ । पहिलो तलामा महेन्द्रनगर शाखा सहित काउण्टर, दोस्रोमा अफिस कार्यालय र तेस्रोमा हल सहित गेष्ट हाउस निर्माण गरिएको छ ।

पार्किङ्ग सहितको आधुनिक भवनमा स्तरिय सेवा दिने उनले बताए । ०७० सालमा २५ शेयर सदस्यबाट शुरुवात गरिएको सहकारीमा अहिले १८ हजार ग्राहक रहेका छन । कञ्चनपुर, कैलाली सहित तीन जिल्लाबाट सेवा प्रवाह गर्दै आएका छन । मेगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रघुनाथ ओझाले ११औँ बार्षिक साधारण सभापछि आफ्नै भवनबाट सेवा प्रवाह गरिने बताए । ‘पहिले हामीले केन्द्रीय कार्यालय भाडाको घरमा संचालन गरेका थियौँ, ‘उनले भने, ‘अहिले आफ्नै भवनमा सेवा प्रवाह गर्न लागेका छौँ ।’

राष्ट्रिय सहकारी विकास बोर्ड सहकारी संचालक सदस्य दशरथ भण्डारीले अहिले कोरोना महामारी जस्तै चपेटामा रहेको अवस्थामा मेगा बचत तथा ऋण सहकारी संस्थाले सरानिय काम गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?