कांग्रेस-एमालेबीचको गठबन्धन कसैको विरोधमा छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठूला दलको गठबन्धन बनाउन कसैले दवाव नदिएको बताएका छन् ।

कांग्रेसका नेता प्रदीप गिरीको दोस्रो स्मृतिमा मङ्गलबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले राष्ट्रिय सहमतिका साथ देशलाई अघि बढाउन नयाँ गठबन्धन बनाइएको भन्दै त्यसका लागि कसैले दवाव नदिएको बताएका हुन् ।

उनले अहिलेको गठबन्धन कसैको विरोधमा नरहेको समेत स्पष्ट पारे । माओवादी लगायतलाई एक गरेर मुलुकको समृद्धि र विकासमा अघि बढ्ने उनको भनाइ छ । सभापति देउवाले षड्यन्त्र गरेर नभई सबैसँग सल्लाह गरेर नै संविधान संशोधन हुने जिकिर गरे ।

त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता अहिलेको चुनौती भएको र त्यो सबैको साझा चुनौती भएको बताए । नेपालको राजनीतिलाई विकास र समृद्धिको बाटोमा लैजान स्थिरता आवश्यक रहेको पोखरेलले बताए । निरङ्कुशताको विरुद्ध धेरै राजनीतिक दल मिल्दा पनि मिसन एउटै हुने उनले स्पष्ट पारे ।

त्यस्तै माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले दलहरूबाट भएका कमी कमजोरीको भारी संविधान र मुलुकको प्रणालीलाई बोकाउन नहुने भन्दै आफ्ना कमजोरीको आत्मसमीक्षा गरी सुधारको बाटोमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरूले नेपाली राजनीतिकको इतिहासमा समाजवादी चिन्तक स्व. प्रदीप गिरिको भूमिकाको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?