२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

प्रहरी द्धारा ९ जना जुवाडे पक्राउ

काठमाडौं । काठमाडौंको ईटुम्वहालबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ। पक्राउ पर्ने सबै भारतीय नागरिक हुन्।

शुक्रबार अपरान्ह ईटुम्वहालमा जुवातास खेलिरहेको भन्ने सूचना भिक्ट्रर कन्ट्रोलबाट प्राप्त हुनासाथ तत्काल प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

उनीहरूबाट नगद ३ लाख ७३ हजार ८२० रुपैयाँ र ५ गड्डी तास फेला परेको प्रहरीले जनाएको छ।

भारतको कोलकत्ता घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. २४ ईटुम्वहाल बस्ने वर्ष ३६ को मन्टु भुक्ता, वर्ष वर्ष ३९ को शुसान्त करामाति, वर्ष ३७ को राज कुमार घोरही, वर्ष ३९ को अर्धेन्दु हरबाब, वर्ष ३६ को जग्नाथ पाल, वर्ष ४५ को रन्जित कुन्ते, वर्ष ३९ को सौमेन्दु दास, वर्ष ३८ को दिव्यन्दु सिं र वर्ष ३३ को संजय पात्रो पक्राउ परेका हुन्।

उनीहरूमाथि प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?