२१ वर्षीय दाहालको छुरी प्रहारबाट हत्या

उर्लाबारी । मोरङको उर्लाबारी–४ आइतबारेका २१ वर्षीय कुशल दाहालको छुरी प्रहारबाट हत्या भएको छ । मङ्गलबार साँझ उर्लाबारी–५ स्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको भवन छेउको घरमा सुवास लामाले छुरा प्रहार गर्दा दाहालको मृत्यु भएको हो ।

घटना लगत्तै ५ नं. वडाका वडाध्यक्ष रविन लामाले कुशललाई उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पताल पुर्‍याउनुभएको थियो ।

गोदावारी अस्पतालमा उपचार हुन नसकेपछि दमकको लाइफ लाइन अस्पताल पु¥याइएका दाहालको त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि बिर्तामोडको बीएण्डसी अस्पताल पुर्‍याइएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते दाहालको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताउनुभयो ।

यसअघि पटकपटक हत्या अभियोगमा जेल परेका सुवास भरखरै मात्र ८ वर्ष हिरासत बसेर आएका थिए । सुवासलाई प्रहरीले खोजि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?