२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

निरकुमारको स्मृति दिवसमा नेकपा नेताहरुको यस्तो टिप्पणी

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माथी तत्कालीन ओली सरकारले प्रतिबन्ध लगाएको बेला राज्यद्वारा हत्या गरिएका नेकपा भोजपुरका नेता निरकुमार राइको स्मृति दिवस मनाइएको छ । मङ्गलबार काठमाडौको अनामनगरस्थित सम्वाद डबलीमा आयोजित एक कार्यक्रमका बीच राइको स्मृति दिवस मनाइएको हो ।

नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको स्मृति दिवसको सन्दर्भमा बोल्ने बक्ताहरुले तत्कालीन सरकारले आफ्नो असफलता र संकटलाई ढकछोप गर्ने उदेश्यले नेकपामाथी प्रतिबन्ध लगाएको र त्यसक्रममा निहत्था नागरिकको हत्या गरेको टिप्पणी गरेका छन् ।

सहिद निरकुमारको फोटोमा माल्यार्णपण सहित प्रारम्भ गरिएको स्मृति दिवसमा नेकपा पोलीटब्युरो सदस्य एवम् जनपक्षीय श्रस्टा माइला सीले जन्मेपछी एकपटक सबै मर्नै पर्छ तर सबैको मृत्यु एउटै नहुने भन्दै एकीकृत जनक्रान्ति जनयुद्धको भिन्न र उच्च तरिकाको निरन्तरता भएको बताए।

मन्तव्यको क्रममा उनले राज्यले नागरिकलाई अभाव, अफ्ठ्यारा र दुख बाहेक केही पनि दिएको छैनन् भन्दै यस्तो किन भैरहेको छ भन्नेबारे गम्भीरतापुर्बक बहसगर्नुपर्ने बेला आएको उल्लेख गरे।

देशमा विद्यमान आर्थिक राजनीतिक संकटको समाधान असफल पार्टी,असफल नेता र असफल बिचारले नहुने भएकोले संकटको सहि समाधान भनेको माओवादी पार्टीहरुको एकता र अगाडि बढ्ने प्रतिबद्धता जरुरी भएको धारणा राख्दै नेता माइल सीले संकटले निराशा मात्रै होईन नयाँ आशा र नयाँ संभावनाहरु पनि देखा परेको बताए ।

कार्यक्रममा बरिस्ठ अधिवक्ता एकराज भण्डारीले माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नु भनेको देशलाई अशान्तिको दिशामा फर्काउन खोज्नु हो भन्दै जनताका एजेन्डा बोकेर,निस्वार्थ भावका साथ जीवन बलिदान गर्ने सहिदहरु, उनिहरुका परिवारको जिम्मेवारी राज्यले लिनुपर्ने बिचार राखेका थिए।

संसदीय व्यवस्थाको विकल्प दिन्छु भन्ने शक्तिले मात्रै आजको संकटको निकाश दिन सक्छ,संविधानको धार ७६,२ वा३ को कुरा गर्दैमा जनताले कुनै नयाँ चिज प्राप्त गर्न नसक्ने दाबी गर्दै अधिवक्ता भण्डारीले अहिले काङ्ग्रेस र एमालेले भनिरहेको संविधान संशोधनको कुरा देशलाई पछाडि धकेल्ने, समानुपातिक प्रतिनिधित्व र जनयुद्धका उपलब्धिलाई उल्टाउने उदेश्यले आएको टिप्पणी समेत गरेका छन।

त्यस्तै जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्माले तत्कालीन सरकारले राज्यको संरचनात्मक संकटलाई ढाकछोप गर्न ओली सरकारले नेकपा माथी प्रतिबन्ध लगाएको र आस्थाको आधारमा मुद्दा लगाउने, धरपकट गर्ने र हत्या गर्ने काम समेत गरेको बताए।

प्रतिबन्धको क्रममा घाइते हुनु भएका घाइते योद्धा सुरेन्द्र सीले कर छली गर्ने एनसेल,भ्रष्टाचार र महङ्गी विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले जनसंघर्ष गरिरहेको बेला निरकुमार लगायतका योद्दाहरुलाई राज्यले हत्या गरेको र यो अन्यायपुर्ण र राज्यको दमनकारी कदम भएको दाबी गरे।

सहिद निरकुमार राइकी जीवन साथी इन्द्रकला राइले हत्यामा संलग्नहरुलाई कारबाही र पीडितलाई न्याएको प्राप्ति नभएको भन्दै राज्यले निरकुमारलाई सहिद घोषण गर्नुपर्ने माग गरेकी छन् ।

अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव कुशल सीले सञ्चालन गरेको स्मृति दिवसमा नेकपा केन्द्रिय सदस्य एवम् काठमाडौ जिल्ला सचीव चिरञ्जीवीले अध्यक्षता गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?