नारायणी। बर्खामा १० हजार बिरुवा रोप्ने योजना गरेको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (समाजवादी)ले आज मात्रै वृक्षारोपण सँगै २०० वटा बिरुवा वितरण गरेको छ । सङ्गठनले लालबन्दी नगरपालिका वडा नम्बर २ पुनर्वास D टोलामा कार्यक्रम गर्दै विभिन्न प्रजातिका बिरुवा वृक्षारोपण सँगै २०० वटा बिरुवा सर्वसाधारणलाई वितरण गरेको हो ।

अमला ,तेजपत्ता ,अशोक लगायतका विभिन्न प्रजातिका विरुवाहरु ४० घरधुरिमा वितरण गरिएको थियो ।
अखिल (समाजवादी )नारायणी -मधेस प्रदेशको कार्यक्रमहरूमा वृक्षारोपण अनिवार्य गर्ने निर्णय अनुसार आज उक्त कार्य गरेको र यो बर्खामा १० हजार बिरुवा रोप्ने योजना रहेको सर्लाही अध्यक्ष रामकबिर सी ले बताए ।

आजै बसेको अखिल (समाजवादी) जिल्ला समिति सर्लाहीको दोस्रो पुर्ण बैठकले पनि केन्द्रिय योजनालाई कार्यन्वयन गर्दै संगठनात्मक अभियानलाई जोड दिन,प्राकृतिक सम्पदा दोहन रोक्ने र चुरे संरक्षण कार्यमा जुट्ने , समाजमा व्याप्त सामाजिक विकृति, विसंगति र रुढीवादी परम्परा विरुद्ध सचेतना अभियान सन्चालन गर्ने ,लागू औषध बेचबिखन तथा कर छली गरि सामान ओसारपसारमा रोक लगाउने र शैक्षिक माफिया विरुद्ध संघर्ष गर्ने जस्ता विविध निर्णयहरु गरिएको छ ।
जिल्ला अध्यक्ष रामकबिर सी को अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथी अखिल (समाजवादी) का केन्द्रिय सचीव तथा नारायणी -मधेस प्रदेश इन्चार्ज अटल सी ,बिशिस्ट अतिथि सर्लाही जिल्ला सेक्रेटरी जनक सी ,र नारायणी -मधेस प्रदेशका सह-इन्चार्ज लोकेश सीको अतिथ्यता रहेको थियो ।














