समाजवादी शिक्षा प्रणाली स्थापनाको लागि एकताबद्ध हुन अखिल समाजबादीकोे आग्रह

काठमाडौँ । अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी) वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको आन्दोलनमा एकताबद्ध हुन अपिल गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट उक्त संगठनका अध्यक्ष नरेन्द्र सीले ६० औँ विद्यार्थी दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

अध्यक्ष नरेन्द्र सीद्वारा जारी विज्ञप्तिमा भनिएका अनुसार ,‘नेपालमा अहिले दलाल पुँजीवादी संसदीय अर्थराजनीतिक व्यवस्था चलिरहेको छ र यसले नेपालमा शिक्षामा नवउदारवादी नीतिको अवलम्वन गरेको छ । शिक्षा र स्वास्थ्य जस्तो सम्वेदनशिल विषयहरुको जिम्मेवारीबाट राज्य पन्छिरहेको छ र चरम व्यापारीकरणको विषय बनाइएको छ ।

राष्ट्रिय अर्थतन्त्र र शिक्षालयहरु नजोडिदा शैक्षिक संस्थाहरु शैक्षिक बेरोजगार जन्माउने संस्था बनिरहेका छन् । वर्षेनी लाखौँको संख्यामा युवा/विद्यार्थीहरु विदेशिन बाध्य छन् । राष्ट्रियतामाथि गम्भिर समस्याहरु आइरहेका छन् । तसर्थ लाखौँ नेपाली विद्यार्थीहरुलाई दलाल पुँजीवादी संसदीय अर्थराजनीतिक व्यवस्था र शिक्षामा भएको नवउदारवादी नीति र व्यापारीकरणका विरुद्ध नेपाली विशेषताको समाजवाद र वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको आन्दोलनमा ऐकताबद्ध हुन ६० औं विद्यार्थी दिवसको अवसरमा आह्वान गर्दछौँ ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ:
नेपाली विद्यार्थी आन्दोलनको ऐतिहासिक सन्दर्भ वोकेको विद्यार्थी दिवस (जेठ १) को गरिमा र महत्व आजपनि उत्तिकै छ। यो गौरवपूर्ण सन्दर्भमा हामी आम नेपाली विद्यार्थीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

नेपालको राजनितिक ईतिहासमा २०१७ सालमा निरकुश पंचायति व्यवस्था लादिएपछि राजनितिक दल, संघ संगठनहरु प्रतिवन्धित भए । २०१८ सालमा ल्याईएको राष्ट्रिय निर्देशन ऐन जारी भएपछि स्ववियु जस्तो संथा माथि पनि प्रतिवन्ध लगाइयो। पंचार्यात सरकारको निरंकुशता र दमनका विरुद्ध निरन्तरको विद्यार्थी आन्दोलनको प्रतिरोध र संघर्षवाट २०२० साल भाद्र २० गते त्रिविमा पहिलो पटक स्ववियुको निर्वाचन भयो। २०२१ वैशाख १५ देखि २५ सम्म काठमाण्डौंमा भएको अन्तर कलेज स्तरिय विद्यार्थी सम्मेलनले २०२१ जेठ १ गते बाट स्ववियु स्वतन्त्र हुनुपर्ने, गोर्खा भर्ति वन्द हुनुपर्ने, स्ववियु क्याम्पसहरुका अलाव विद्यालयमा पनि हुनुपर्ने, विद्यार्थीलाई यातायात र अस्पतालमा छुट र विद्यार्थीहरु गाँउमा सेवा गर्न जाने लगायतका मागहरु राखि आन्दोलन सुरु भएको ऐतिहासिक दिनका रुपमा विद्यार्थी दिवस स्थापित छ । सो आन्दोलनमा राज्यले गरेको चरम दमन र विद्यार्थीहरुको निरन्तरको संघर्ष र प्रतिरोधको बलमा पंचायति सरकार विद्यार्थी आन्दोलन सामु घुडा टेक्न बाध्य भयो र विद्यार्थीका मागहरु पुरा भए । यो ऐतिहासिक आन्दोलन सुरु भएको दिन (जेठ १) विद्यार्थी दिवसको रुपमा स्थापित छ ।

नेपालमा अहिले दलाल पुँजीवादी संसदीय अर्थराजनितिक व्यवस्था चलिरहेको छ र यसले नेपालमा शिक्षामा नवउदारवादी नितिको अवलम्बन गरेको छ । शिक्षा र स्वास्थ्य जस्तो संवेदनशिल विषयहरुको जिम्मेवारीवाट राज्य पन्छिरहेको छ र चरम व्यापारिकरणको विषय बनाईएको छ । राष्ट्रिय अर्थतन्त्र र शिक्षालयहरु नजोडिदा शैक्षिक संस्थाहरु शैक्षिक वेरोजगार जन्माउने संस्था वनिरहेका छन । वर्षेनि लाखौंको संख्यामा युवा/विद्यार्थीहरु विदेशिन वाध्य छन । राष्ट्रियतामाथि गम्भिर समस्याहरु आईरहेका छन । तसर्थ लाखौं नेपाली विद्यार्थीहरुलाई दलाल पंजीवादी संसदीय अर्थराजनितिक व्यवस्था र शिक्षामा भएको नवउदारवादी निति र व्यापारिकरणका विरुद्ध नेपाली विशेषताको समाजबाद र वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको आन्दोलनमा ऐकतावद्ध हुन ६० औं विद्यार्थी दिवसको अवसरमा आह्वान गर्दछौं साथै यो अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?