२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

छानबिन समिति बनाउने प्रति किन असमर्थ छन रवि ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफूमाथि छानबिन गर्न संसदीय समिति बनाउने आधार नभएको जिकिर गरेका छन् । मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका शीर्षहरू सम्मिलित बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महान्यायाधिवक्ता कार्यालयले नै आफूविरुद्व केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै नभएको दाबी गरेका हुन् ।

रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्रीले भने, ‘महान्यायाधिवक्ता कार्यालयले नै मविरुद्व केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै छैन । आधार नभई किन छानबिन समिति बनाउने ? यदि केही आधार नभई बनाउने हो भने सहमति गरौँ। भ्रष्टाचार मुद्दा मा दोषी ठहर भएको संसदमा आउने, कुनै आधार नभएको उजुरीमा छानबिन गर्नुपर्ने ।’

गृहमन्त्री लामिछानेले सहकारी समस्या समाधान गर्न सरकार संवेदनशील रहेको बताए । उनले भने, ‘नीतिगत र संरचनागत रूपमा फास्ट ट्रयाकमा व्यवस्था गर्न लागिरहेका छौँ। संसदमा विधेयकमा आउँछ । बचतकर्ताको पैसा फिर्ता हाम्रो प्राथमिकता हो। प्रतिपक्षीले यसमा साथ दिनुपर्छ ।’

उनले जिबी राईका सम्बन्धमा मलेसियाका गृहमन्त्रीसँग सकारात्मक कूटनीतिक छलफल भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?