गण्डकी सरकार गठनविरुद्धको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी सरकार गठनविरुद्ध परेको रिट खारेज गरेको छ । सोमबार न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले उक्त रिट खारेज गरेको हो ।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले खगराज अधिकारी मुख्यमन्त्री नियुक्त हुँदा सभामुखको समेत मत लिएको आरोपसहित आफ्नो नेतृत्वमा सरकार गठनको आदेश माग गर्दै रिट दायर गरेका थिए । सर्वोच्चले उक्त रिट नै खारेज गरेपछि अब मुख्यमन्त्री खगराज अधिकारीलाई सरकार विस्तार गर्न र विश्वासको मत लिन बाटो खुला भएको छ ।

गत २०८० चैत २५ मा एमाले संसदीय दलका नेता खगराज अधिकारीले एमाले, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री दावी पेश गरेका थिए ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेपछि कांग्रेस नेता पाण्डेले माओवादी संसदीय दलभित्र सांसदको गणना गर्दा सभामुख कृष्ण धितालको पनि मत गणना संविधान विपरीत भएको भन्दै रिट दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?