हानि ट्रयापमा पारेर पैसा असुलेका तीन महिलालाई अदालतले कैद र जरीवानाको फैसला

काठमण्डौ। एक पुरुषलाई हनी ट्रयापमा पारेर पैसा असुलेको अभियोगमा धरौटिमा छुटेका तीन महिलालाई अदालतले कैद र जरीवानाको फैसला गरेको छ।

कानुन व्यवसायी समेत रहेका एक पुरुषलाई होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल्ने तीन महिलालाई दाङ जिल्ला अदालतले जनही डेढ वर्ष कैद र जरीवाना गर्ने फैसला गरेको अदालतका श्रेष्तदार दामोदर घिमिरेले बताए ।

जिल्ला न्यायाधिश जगतबहादुर पौडेलको एकल इजलासले कानुन व्यवसायीबाट १ लाख नगद र १७ लाख चेक बुझेका घोराही उपमहानगरपालिका – १५ की ३२ वर्षीया सीतादेवी थापालाई १५ हजार रुपैँया, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियार लाई कैद सहित जनही १० हजार रुपैँया जरीवाना गर्ने अदालतले फैसला गरेको हाे ।

पहिला ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तमा १८ लाखमा कुरा मिलाएको यसअघि प्रहरी अनुसन्धानबाट खुलेको थियो। उनिहरु पक्राउ पर्दा महिलाबाट १७ लाखको चेक पनि प्रहरीले बरामद गरेको थियो ।

उनीहरुबिरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाखसम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेको अभियोगमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरेर सरकारी वकिल मार्फत अदालतमा मुद्धा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?