३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

आमाको स्मृतिमा खेलाडी धामीद्वारा अनाथ बालबालिकालाई जर्सी वितरण

कञ्चनपुर,मंसिर २३ : ब्याटमिन्टनका अन्र्तराष्ट्रिय खेलाडी दिनेश धामीले अनाथ बालबालिकाहरुलाई जर्सी(पोषाक) वितरण गरेका छन । ब्याटमिन्टनका अन्र्तराष्ट्रिय खेलाडी दिनेश धामीले कञ्चनपुरका अनाथ बालबालिकाहरुलाई जर्सी(पोषाक) वितरण गरेका हुन ।

हाल अमेरिकामा रहेका ब्याटमिन्टनका अन्र्तराष्ट्रिय खेलाडी दिनेश धामीले भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको समाजकल्याण बाल अञ्चल अनाथालयका बस्दै आएमा अनाथ बालबालिकाहरुलाई जर्सी वितरण गरेका छन ।

उनले बाबु हरक सिह धामी र दाजु दुर्गोश धामी मार्फत आमा झुपादेवी धामीको स्मृतिमा अनाथ बालबालिकालाई जर्सी वितरण गरेका छन । शनिबार एक कार्यक्तमका विच अनाथ बालबालिकाहरुलाई जर्सी वितरण गरेका हुन । भीमदत्त नगरपालिका ६ऐठपुरका स्थानीय समेत रहेका धामीले आमाको स्मृतिमा अनाथ बालबालिकाहरुलाई प्रति एक जोरका दरले पोषाक वितरण गरेका छन । दिपेशका बाबु हरक सिह धामीले समाजिक कार्य गर्ने उदेश्यका साथ छोरा दिपेशकै योजनामा अनाथ बालबालिकालाई कपडा वितरण गरेको बताए । उनले हरेक बर्ष समाजिक काम गर्दै आएको बतनाए । कार्यक्रममा भलिबल संघका पदाधिकारी एव अनाथालयका पदाधिकारीले धामी परिवारप्रति आभार प्रकट गरेका छन । भलिबलका बरिष्ठ प्रशिक्षक जगदिश भट्टले आफु विदेशमा भएपनि दिपेशले मामृतभूमिका रहेका अनाथ बालबालिकाहरुलाई सरानिय काम गरेको बताए ।सुदूरपश्चिम प्रदेश खेलकुद समितिका सदस्य सचिव दिपक सिहले ब्याडमिन्टनका अन्र्तराष्ट्रिय खेलाडी दिपेश धामीले गरेको कामप्रति आभार प्रकट गर्दै, भावि दिनमा खेलकुदको बृद्धि विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । समाजकल्याण बाल अञ्चल अनाथालयका उपाध्यक्ष हिरा चन्दले यसरी नै दाताहरुको चलिरहेको बताए । उनले स्थानीय सरकारबाट सहयोग नपाईएको दुखेपो पोखेका छन । कार्यक्रममा खेलाडी, अनाथालयका पदाधिकारी, समाजसेवी सहितको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?