६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

शुक्लाफाँटा निकुञ्जमा क्यामेरा ट्रयापिंङ विधिबाट बाघको गणना गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ तथा आहारा प्रजातीको अनुगमन क्यामेरा ट्र्यापिङ विधिबाट गरिने भएको छ । निकुञ्जको वार्षिक कार्यक्रम अन्तर्गत क्यामेरा ट्रयापिंङ विधिबाट बाघको गणना गरिन लागेको हो ।

हरेक चार वर्षमा बाघको राष्ट्रिय गणना गरिँदै आएको नेपालमा २०२२ मा गरिएको राष्ट्रिय गणनामा यहाँ बयस्क बाघका संख्या ३६ पुगेको छ । राष्ट्रिय गणनासँगै २०२१ देखि निकुञ्जले स्थानीयस्तरमा पनि हरेक वर्ष गणना गर्दै आएको छ ।

कम घनत्व भएका र चोरी शिकारको जोखिम भएका संरक्षित क्षेत्रमा बाघको नियमित अनुगमन गर्ने कार्यक्रम अन्तगत शुक्लाफाँटामा पनि वर्षेनी गणना गरिँदै आएको छ ।३ सय ५ वर्ग किलोमिटर क्षेत्रफल रहेको निकुञ्जलाई २/२ वर्गकिलोमिटरका ९२ ग्रिडमा विभाजन गरिएको छ । हरेक ग्रिडमा बाघ हिडने बाटो पहिचान गरि एक/एक जोडी स्वचालित क्यामेरा जडान गरिने छ। १५ दिनसम्म जडान गरिएको क्यामेरका नियमित अनुगमन तथा रेखदेख गरिनेछ । १५ दिनपछि क्यामेराहरु निकालेर तस्बिरहरुको विश्लेषण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?