विमानस्थलबाट बरामद सुन २४ क्यारेटको रहेको पुष्टि

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन २४ क्यारेटको रहेको पुष्टि भएको छ । भन्सार कार्यालयले बिहीबार राति त्रिभुवन विमानस्थलबाट बरामद गरेको १४ किलो सुन २४ क्यारेटकै भएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको हो ।

भन्सार कार्यालयले उक्त सुनसहित बिहीबार राति दुई जनालाई पक्राउ गरेको थियो । शुक्रबार भन्सार विभागमा गरिएको परीक्षणमा ९९.९९९ सुन अर्थात् २४ क्यारेटको रहेको पुष्टि भएको जनाएको हो ।

बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट उक्त सुन बरामद गरिएको थियो । घलेले प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए । चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको अनुसन्धानका क्रममा खुलेपछि उनलाई बिहीबार राति नै पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?