१२ चैत्र २०८१, मङ्लबार
१२ चैत्र २०८१, मङ्लबार

अनलाइनमार्फत श्रम स्वीकृति लिन विभागको आग्रह

काठमाण्डौ – वैदेशिक रोजगार विभागले अनलाइनमार्फत नै श्रम स्वीकृति लिन आग्रह गरेको छ । श्रम स्वीकृतिको काम पूर्ण रूपमा अनलाइनमार्फत हुँदै आएको भन्दै विभागले अनलाइनमार्फत नै लिन अनुरोध गरेको हो ।

यस्तै श्रम स्वीकृति नभइ हवाई टिकट नलिन पनि विभागको आग्रह छ । वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (फेमिस) मार्फत अनलाइनबाट घरबाटै सेवा प्राप्त हुने गरी व्यवस्था मिलाइएको भन्दै विभागले कार्यालयमा भौतिक रुपमा उपस्थित नहुन भनेको हो ।

केही दिनअघिसम्म फेमिसमा समस्या आएपछि श्रम स्वीकृति लिन भौतिक रूपमै कार्यालय पुग्नेको भिड लाग्ने गरेको थियो । अहिले फेमिसमा देखिएको समस्या समाधान भइसकेको भन्दै विभागले कार्यालयमा नआएर अनलाइनबाटै श्रम स्वीकृति लिन अनुरोध गरेको हो ।

उपलब्ध जनशक्तिको आधारमा दैनिक टोकन खुला गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको भन्दै विभागले टोकन प्राप्त गरेको मिति र समयबाट प्राविधिक कारणले सम्भव भएसम्म ७२ घण्टाभित्र अनलाइन रूपमा श्रम स्वीकृति सम्बन्धी सेवा दिने प्रतिबद्धता पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?