टाइम पत्रिकाले स्विफ्टलाई ‘पर्सन अफ द ईयर २०२३’ घोषित गरेकाे छ। अमेरिकी गायक टेलर स्विफ्ट सन् २०२३ को ‘पर्सन अफ द ईयर २०२३’ घोषित भएकी हुन् ।
टेलर स्विफ्ट पछिल्लो समय एराज भ्रमणमा छिन्। उनको यो भ्रमणले हालसम्मकै सबै रेकर्डलाई तोडेको बीबीसीले जनाएको छ।
टाइमले १९२७ देखि यो उपाधि दिँदै आएको छ। प्रत्येक वर्ष कुनै प्रमुख घटना वा व्यक्तिलाई यो उपाधि दिने गरिएको छ। जसले वर्षभरिमा सबैभन्दा बढी प्रभाव पारेको हुन्छ।