चितवन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य तथा तथा पार्टिका पश्चिम चितवन जिल्ला सेक्रेटरी अटल सी ले ३ बुँदे सहमति कार्यान्वयन नभएको खण्डमा नयाँ ढंगको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
पार्टीका महासचिव विप्लव सी,प्रवक्ता प्रकाण्ड सी लगाएतका नेताहरु माथि काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीको चर्को बिरोध गर्दै बुधबार जगतपुरमा न्यायधीश कमल प्रसाद ज्ञवालिको पुत्ला दहन कार्यक्रमको कोण सभालाई सम्वोधन गर्दै उनले सो चेतावनी दिएका हुन् ।
कार्यक्रममा नेकपाका नेताकार्यकर्ताले कथित पक्राउ पुर्जी खारेज गर ! नेकपा जिन्दावाद ! एकीकृत जनक्रान्ती जिन्दावाद ! तीन बुँदे सहमति कार्यान्वयन गर ! दलाल सत्ता मुर्दावाद ! लगायतका नाराहरु लगाईएका थिए ।
कार्यक्रम पछिको कोणसभालाई सम्बोधन गर्दे अटल सि ले “अदालतले पार्टीका महासचिव लगायतका नेताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी प्रतिशोधको भावनाका साथ मुलूकलाई युद्धमा धकेल्ने षड्यन्त्र भइरहेको बताए । “उनले यसमा सरकारले उचित पहल गरोस् अन्यथा जनताको अदालत बाट जननेता माथी पक्राउ पुर्जी काट्ने न्यायाधीश हरुलाइ जनताको अदालत बाट पक्राउ पुर्जी काटीने चेतावनी पनि दिएका थिए ।
उनले पार्टी र सरकारबिच भएको तीन बुँदे सहमतिको अदालतले गम्भीर उल्लंघन गरेको भन्दै यथाशिघ्र खारेजीको माग गरे । उनले भने, ३ बुँदे सहमति कार्यान्वयन नभएको खण्डमा हामी नयाँ ढंगको आन्दोलन गर्छौं । हाम्रो पार्टी तीन बुँदे सहमति प्रति इमानदार छ । हामी सहमतिको पूर्ण पालना गरिरहेका छौँ, तर राज्यले सहमति तोड्न खोजिरहेको छ ।”
यो व्यवस्थाको संचालक एनसेल जस्तो बहुराष्ट्रिय कम्पनी हरुले गर्ने कुरा एनसेल घोटाला लगतै जननेताहरुलाइ पक्राउ पुर्जी टासेर सो बिषयलाइ ट्विस्ट गर्नको लागि ल्याउनुले प्रस्ट देखियको बताय ।
हिजो ज्वोतिनगरमा मशाल जुलुस गरेको नेकपा पश्चिम् चितवनले आज जिल्लाको महत्त्वपूर्ण क्षेत्र जगतपुरमा गरियको उक्त कार्यक्रमको संचालन जिल्ला सदस्य रुजित सी ले गरेको भरतपुर इलाका सेक्रेटरी हिमाल सी ले बताएका हुन् ।