२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

दार्चुलामा जेठाजुबाटै एक महिलामाथि कुटपिट

दार्चुला । दार्चुलामा जेठाजुबाटै एक महिलामाथि कुटपिट भएको छ । नौगाड गाउँपालिका–१ कसाडकी ३० वर्षीया बसन्ती ठगुन्नामाथि जेठाजु नाता पर्नेले कुटपिट गरेका हुन् ।

ठगुन्नालाई मंसिर १५ गते राति जेठाजु नाता पर्ने जयराम ठगुन्नाले कुटपिट गरेको पीडितको गुनासो छ । बसन्ती नौगाड गाउँपालिकाको कार्यपालिका सदस्य समेत हुन् ।

कुटपिटबाट टाउँको र अनुहारमा गहिरो चोट लागि घाइते भएकी ठगुन्नाको मंसिर १६ गते जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको जिल्ला अस्पताल, दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए ।

रातिको समयमा घरभित्र प्रवेश गरी जेठाजुले निर्धात कुटपिट गरेको पीडितको गुनासो छ । पीडित पक्षले जयरामविरुद्ध मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र जयराम फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय,दार्चुलाका डिएसपी शिवबहादुर सिंहले बताए । अहिले बसन्तीको उपचार धनगढीको मायामेट्रो अस्पतालमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?