२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

विप्लव-प्रकाण्डको नाममा जारी पक्राउ पुर्जी खारेज गर्न माग

कञ्चनपुर , मंसिर १९ : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले महासचिव विप्लव सी लगायत नेताहरु माथि अदातलले जारी गरेको पक्राउ पुर्जीको विरोधमा प्रदर्शन गरेको छ । मंगलबार नेकपा कञ्चनपुरले जिल्लाको महेन्द्रनगर बजारमा क्षेत्रमा मसाल जुलुस गर्दै विरोध जनाएको हो ।

प्रदर्शनकारीले नेकपा महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी लगायत अन्य नेताहरु माथि काठमाण्डौं जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी खारेज हुनुपर्ने र राज्यले नेकपा संग गरेको तीनबुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग राखेको छ । नेकपा केन्दीय सदस्य विराट सी ले पार्टी संग राज्यले गरेको तीनबुँदे सहमतिको पालना गर्नुपर्ने बताए । उनले भने , “ अनावस्यक रुपमा राज्यले नेकपा माथि दमन गर्न खोजे हाम्रो पार्टी प्रतिरोध गर्न तयार छ ।”तेस्तै नेकपा कञ्चनपुर जिल्ला सचिव प्रकाश सी ले राज्यले एकातिर सहमति गर्ने र अर्कोतिर राज्यकै निकाय अदालतले नेताहरु प्रति पक्राउ पुर्जी जारी गर्नुले देशलाई अशान्ति तिर धक्ल्ने षड्यन्त्र भइरहेको बताए । पक्राउ पुर्जी खारेज गरी राज्यले तीनबुँदे सहमति कार्यान्वयन नगरे आन्दोलन चर्कने उनको भनाइ छ ।

नेकपा कार्यकर्ताले झूटा मुद्दा खारेज गर , पक्राउ पुर्जी खारेज गर , तीनबुँदे सहमति लागू गर, जस्ता नारा लगाई महेन्द्रनगर बजार क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा नेकपाका आन्दोलनकारी माथि प्रहरीले दमन गरेको छ । साथै प्रहरी र नेकपा कार्यकर्ता बीच हातहालाहाल नै भएको थियो । प्रहरीले महिला माथि दुर्व्यवहार गरेको समेत नेकपा बताएको छ ।

सोमवार जिल्ला अदातल काठमाडौंले महासचिव विप्लव,प्रवक्ता प्रकाण्डसहितका नेताहरुलाई पक्राउ पूर्जी सहितको गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो । सोही विरोधमा नेकपाले तीनदिने विरोधमा कार्यक्रम आज घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?