२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

प्रतिकुल मौसमका कारण भूकम्पपीडितलाई सास्ती

रूकुम । एक महिनाअघि जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका प्रभावितहरूलाई प्रतिकुल मौसमका कारण मुस्किल परेको छ । सोमबार बिहानैदेखि लगातार परिरहेको सिमसिम पानीका कारण त्रिपालमुनि दैनिकी गुजारी रहेकाहरूलाई जाडोले सास्ती भएको हो ।

अस्थायी आवास निर्माणका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ता वापतको रकम प्राप्त गर्ने प्रक्रिया सुरु भइसकेको भएपनि अधिकांश पीडितहरू अहिले पनि त्रिपाल मुनी बसिरहेका छन् ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका – १, चाइनाबगरकी आइती पुनले पानी पर्दा निकै गाह्रो भएको बताइन् ।‘पानी पनि मुस्किलले तर्कने त्रिपाल भित्र छौं । न आगो बाल्न मिल्छ, न न्यानो गरी बस्न,’उनले भनिन्,‘हामी त जसोतसो बाँचौँला ससाना लालाबाला छन् । यिनलाई कसरी बचाउने होला ।’

त्रिपालमै बस्दै आएका आठविसकोट नगरपालिका– १३ का कर्णबहादुर पुनले पनि ज्येष्ठ नागरिक, दीर्घरोगी र महिला तथा बालबालिकालाई चिसोले धेरै असर गरेको बताए । ‘पानीबाटै ओत लाग्न मुस्किल परिरहेको छ । अहिले भएका लत्ताकपडाले मात्रै पनि यो चिसो छल्न गाह्रो छ,’ उनी भन्छन्,‘मौसम पनि बैरी भयो । भूकम्पबाट जसोतसो बाँचेका हामी चिसोले पो मर्छौँ कि जस्तो लाग्न थाल्यो ।’

त्यस्तै जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडाकी सुशीला खत्रीले हिमपात सुरु हुने जस्तो अवस्था सिर्जना भएको बताइन् । ‘चिसो त बढेको छ नै सँगसँगै यहाँ त हिउँ नै पो पर्छ जस्तो छ । दिन कटाउनै मुस्किल भयो,’उनले भनिन् ।

चिसोकै कारण अहिलेसम्म जाजरकोटमा २२ जना र रुकुम पश्चिममा ८ जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?