धनगढी । लाभग्राही छनोटका आधारमा जिल्लास्थित विपत् व्यवस्थापन समितिको निर्णयअनुसार पालिकाको स्थानीय विपत् समितिमा पैसा निकासा भएको छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बझाङ र बाजुराका लाभग्राहीका लागि पहिलो किस्ताबापत २५ हजारका दरले रकम निकासा भएको हो।
भूकम्प प्रभावित जिल्लामा अस्थायी आवासका लागि पहिलो किस्ताबापत को अनुदान रकम निकासा भएको छ।
असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पका कारण घरबाविहिन भएकाहरुका लागि अस्थायी आवास बनाउन रकम निकासा सुरु भएको छ। प्राधिकरणका अनुसार बझाङमा पाँच सय ७७ लाभग्राहीका लागि एक करोड ४४ लाख २५ हजार र बाजुरामा दुई सय १४ लाभग्राहीका लागि ५४ लाख ५० हजार निकासा भएको छ। बझाङमा दुई हजार ३६ र बाजुरामा एक हजार ३९६ लाभग्राही छनोट भइसकेका छन्।
भूकम्पले तीन हजार १४८ घर पूर्ण र ११ हजार २२४ घरमा आंशिक क्षति पुगेको थियो। विपत् प्राधिकरणले अस्थायी आवासका लागि पहिलो किस्ताबापत बझाङमा २५ करोड, बाजुरामा १४ करोड ४ मंसिरमा निकासा गरेको थियो।
भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० अनुसार पालिकाबाट आवश्यक प्रक्रिया पूरा भई समितिमा प्राप्त परिवारलाई पहिलो किस्ताबापतको रकम निकासा भइरहेको हो। स्थानीय विपत् समितिबाट प्रहरी मुचुल्का, वडाको सिफारिसलगायत प्रक्रिया पूरा भई निर्णय भएर आए तत्कालै जिल्ला विपत् कोषमा रहेको रकम पठाउने व्यवस्था कार्यविधिमा छ।