१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार
spot_img

इन्जिनियर कुट्ने ठेकेदार यसकारण परे पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा इन्जिनियरलाई कुट्ने ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ। कुटपिटमा संलग्न ठेकेदारलाई पक्राउ गरी अहिले थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएको हो। जिल्लाको लालझाडी गाउँपालिकामा कार्यरत इन्जिनियर रामप्रसाद अवस्थीलाई कुटपिट गर्ने निर्माण व्यवसायी (ठेकेदार) भीमसेन रानालाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालयले इन्जिनियर अवस्थीलाई कुट्ने ठेकेदार रानालाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाएको छ। शुक्रबार रानालाई छलफलका लागि इलाका प्रहरी कार्यालय कञ्जमा बोलाएर नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले इन्जिनियर रामप्रसाद अवस्थीले निर्माण व्यवसायी राना बिरुद्ध उजुरी दिएपछि छानबिनका लागि पक्राउ गरिएको बताए।

प्रहरी प्रवक्ता डाँगीले पक्राउ गरेका ठेकेदार रानालाई इलाका प्रहरी कार्यालय बेलौरीमा राखिएको बताए। रानालाई अभद्र व्यवहारमा थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डाँगीले जानकारी गराए। गत सोमबार इन्जिनियर अवस्थीमाथि ठेकेदार राना समुहले कुटपिट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?