२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार

भुकम्प पिडित विद्यार्थीलाई निशुल्क क्याम्पस पढाइने सहमति

कञ्चनपुर । काठमाण्डौको एक कलेजले भुकम्प पीडित विद्यार्थीहरूलाई निशुल्क पढाउने भएको छ। काठमाण्डौ महानगरपालिका ३१  कोटेश्वरस्थित रहेको हिमालय कलेजले कलेजमा प्लसटु देखि मास्टर सम्म (विज्ञान, व्यवस्थापन र मानविकी सङ्कायमा) पढून् आउने भुकम्प पीडित विद्यार्थीहरूलाई निशुल्क पढाउने भएको हो। वाइसीएल नेपालका केन्द्रीय सचिव नवराज ऐरको पहलमा कलेजले भुकम्पबाट प्रभावित जिल्लाबाट कलेजमा पढ्न आउने विद्यार्थीहरूलाई कलेजले निशुल्क पढाउने भएको हो।

विद्यालयका निर्देशक भुवन जोशीले भुकम्पबाट प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम र बझाङका पीडित विद्यार्थीहरूलाई प्लसटु देखि मास्टर सम्म पढून् आउँदा शत प्रतिशत छुट दिने कलेजले निर्णय गरेको बताएका छन्। उनले भने ‘नेता ऐरको पहलमा कलेजको सोमबार बसेको छलफलबाट भुकम्प पीडित विद्यार्थीहरूलाई शत प्रतिशत छुट दिने निर्णय गरेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?