२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

पेस्तोल खेलाउँदा जवान घाइते , असई यादव निलम्बित

मङ्सिर ११, महोत्तरी | पेस्तोल पड्किएर प्रहरी जवान घाइते भएको घटनामा महोत्तरीका असई रामईश्वरप्रसाद यादव निलम्बनमा परेका छन्।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराईले असई यादवलाई आइतबार निलम्बन गरेको कार्यालयका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए।

कात्तिक ३० गते डाँका समातेको खुसीमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक ३० गते राति भएको रात्री भोज खाएर फर्केपछि असई यादवले पेस्तोल खेलाउँदा सेन्टरी बसेका प्रहरी जवान राजेश कुमार घाइते भएका थिए ।

गत कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका-८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हातहतियारसहितको ७/८ जनाको समूहले लुटपाट गरेको थियो । त्यस घटनामा संलग्न रहेको आरोपमा गत कात्तिक २८ गते महोत्तरी प्रहरीले रौतहटबाट सर्लाही लालबन्दी नगरपालिका-२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई पक्राउ गरेर ल्याएको थियो । त्यही खुसीमा दुई दिनपछि कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रात्रिभोज आयोजन भयो ।

असई यादव पनि डाँका पक्राउ गर्न जाने टोलिमा खटिएकाले उनलाई पनि रात्री भोजमा सहभागी गराइएको थियो । चौकीमा फर्केपछि रमाइलो गर्न पेस्तोल खेलाउँदै गर्दा पड्किएर गोली सेन्टरी बसेका जवान साहलाई लागेको स्रोतको दाबी छ । । स्रोतका अनुसार असई यादवले भने चेन्जर सफा गर्ने क्रममा पेस्तोल पड्केर पोलमा लागि फर्किएर प्रहरी जवानलाई लागेको दाबी गरिरहेका छन् ।

उक्त घटना केही दिनअघि बाहिरिएपछि मधेश प्रदेश प्रहरी कार्यालयले उनलाई निलम्बन गरी छानबिनको प्रक्रिया अघि बढाएको एसपी महतोले बताए।

‘निलम्बन परेसँगै जिल्ला प्रहरी कार्यालय महोत्तरीले आन्तरिक रूपमा छानबिन थालेको छ,’ उनले भने, ‘यस घटनाको संवेदनशीलतालाई मध्यनजरमा राखेर निलम्बन गरी छानबिन गरिएको हो। उनको लापरबाही थियो/थिएन भन्ने छानबिनपछि थाहा हुन्छ।’ उक्त घटना कात्तिक ३० गते भएको भएपनि महोत्तरी प्रहरीले गत शुक्रबार मात्रै थाहा पाएको थियो।

प्रहरी जवान साहलाई भारतमा उपचारका लागि लगिएको थियो। त्यसबारेमा भारतीय प्रहरीले सप्तरी प्रहरीलाई फोनमार्फत जानकारी दिएपछि घटना बाहिरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?