२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

हमास द्वारा बन्धक बनाएका मध्ये थप १७ जना रिहा

काठमाडौं । केही दिन अगाडि मात्रै २४ जनालाई मुक्त गरेको हमास द्वारा बन्धक बनाएका मध्ये थप १३ इजरायली र ४ थाई गरी दोस्रो दिन १७ जनालाई रिहा गरिएका छन् ।

इजरायल र हमासबीच जारी अस्थायी युद्ध विरामको दोस्रो दिनसम्म हमासले कुल ४१ जनालाई आफ्नो नियन्त्रणबाट मुक्त गरी रेडक्रसको जिम्मा लगाएको छ । चार दिने युद्ध विराम गरेका इजराइल र हमास दुबै पक्षले बन्दी साटफेर गरिरहेका छन् ।

इजराइलका तर्फबाट जेलमा रहेका ३९ जना प्यालेस्टाइनी बन्दीलाई मुक्त गरिएको इजराइलको कारागार सेवाले पुष्टि गरेको छ । हमासले रिहा गरेका बन्धक इजरायलले पठाएको सूची आधारमा मुक्त गरिएका हुन् ।

मुक्त हुनेमा बालबालिका, महिला र वृद्धवृद्धा बढी रहेका छन् । साथै एकै परिवारका दाजु बहिनी, आमा छोरी पनि परेका छन् । हमासको कब्जाबाट मुक्त भएकाहरुलाई रेडक्रसको सहायतामा इजराइल पुर्‍याइ सकिएको छ ।

साथै इजराइलले मुक्त गरेका प्यालेस्टाइनी बन्दीलाई पनि वेस्ट बैंकबाट परिवारको जिम्मा लगाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?