२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

नेताको विकल्प खोज्नुपर्छ राजा होइन : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेताको विकल्प खोज्नुपर्ने बताएका छन् । रौतहटको चन्द्रनिगाहपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले गर्णतन्त्र व्यवस्थाको विरोध हैन, नेताको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

सभापति लामिछानेले सरकारले सरकारले लघुवित्त र सहकारी पीडितका समस्या समयमा पहिचान गर्न नसकेका कारण समस्या भएको बताए । सरकारले देशको अर्थतन्त्र सुधारका लागि उचित पहल नगरेका कारणसमेत आम नागरिकमा निराशा छाएको उनले बताए । ‘संसारकै सुन्दर व्यवस्था लोकतन्त्र हो । यो व्यवस्थाको विरोधमा हैन, लामो समयदेखि यो व्यवस्था सञ्चालन गरेका नेताको विकल्प खोज्नुपर्छ,’ उनले भने ।

मधेश केन्द्रित संगठन सुधारका क्रममा मधेश प्रदेश झरेका लामिछानेले एउटै व्यापारी बैंक सञ्चालक, बिमा सञ्चालक र उद्योग सञ्चालक भएका कारणसमेत देशको अर्थतन्त्र धरापमा पारेको बताए । दुर्गा प्रसाईँको नेता, दल र सरकारप्रतिको निराशा भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?