काठमाठौं ।
नेपाल कम्युनिस्ट पार्टीको १० औं पुन गठन दिवश बिभीन्न कार्यक्रमहरु गर्दै मनाइने भएको छ ।
नेकपाले केन्द्र, व्यूरो, जिल्ला र स्थानीयतहमा विकेन्द्रीत रुपमा पार्टी पूनर्गठन दिवसलाई आज दिउसो विचार गोष्ठी, अन्तरक्रिया, जनसभा गरेर मनाउदैछ भने साँझ दिपावली गरी एउटा भव्य उत्सवका रुपमा मनाउन लागेको छ । नेकपाका नेता कार्यकर्ताहरुले आजको दिन जनतासम्म खुसी साँटा साट गर्दै शुभकामना आदान प्रदान गरेर पार्टी पूनर्गठन दिवस मनाउने बताईएको छ ।
नेपालमा सर्वहारा श्रमजीवीवर्गको प्रतिनिधित्व गर्ने एकमात्र कम्युनिष्ट पार्टी संसदवाद र जडसुत्रवादका विरुद्ध संघर्षगर्दै २०६९ साल मंसिर ८ गते आजैको दिन पूनर्गठन भएको दिनको सम्झनामा नेकपाले देशभर उत्सव मनाउन लागको बताईएको छ ।